काठमाडौं,
धनुषा जिल्लाको धनौजी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट मंसीर १५ गते
सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
ज ९ प ४२८२ र बीआर ३२ के १७८२ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध
रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला
दुवै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला
मुल्य ३ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको
सशस्त्र प्रहरीले मंसीर १५ गते करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ ।
भन्सार छली ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले धनुषा
जिल्लाको जनकीनन्दनी गाउँपालिका ३ सीमा ईलाकाबाट बरामद गरेको हो ।
बरामद लत्ताकपडा, मोटर पार्ट्स तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा
बुझाईएको छ ।