सर्लाही, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित नरेशखोर ईलाकाबाट मंसीर २ गते करीव २ लाख ९ हजार रुपैयाँ बराबरको १ सय क्यूफिट सालको काठ बरामद गरिएको छ । उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सागरनाथबाट खटिएको सशस्त्र प्रहरी र वन विकास परियोजनाबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन कार्यालयमा बुझाईएको छ ।
APF