रौतहट, रौतहट जिल्लाको मौलापुर नगरपालिका ४ पतौरास्थित सीमा ईलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुवै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय गौरमा बुझाईएको छ । मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर १४ गते करीव ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ०१ बीके ०११६ नम्बरको भारतीय मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ मलिहोरास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । मोटरसाईकलको भन्सार दाखिला मुल्य ८० हजार रुपैयाँ रहेको छ ।
APF