काठमाडौं,
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ९ छाता पिपराचोकस्थित
बीरगंज–पथलैया सडक खण्डबाट मंसीर ३ गते सशस्त्र प्रहरीले करीव २ लाख ५८
हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा भन्सार छली अवैध
रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा
वेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर ३ गते करीव २ लाख ५९ हजार
रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ठेला गाडामा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा
सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० आदर्शनगरबाट
बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा गाडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको । उक्त
गाडाको भन्सार मुल्य १० हजार रुपैयाँ रहेको छ ।
