Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चौपाया बरामद
काठमाडौं, सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ७ हाटीबाट एपीएफ टोलीले करीब पाँच लाख रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते उल्लेखित रकम बराबरको ४० वटा खसी बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते करीब एक लाख ९० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । एपीएफ टोलीले रौतहट जिल्लाको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीस्थित सीमा ईलाकाबाट दुई वटा भैंसी र नौ वटा पाडा बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
सुनसरी, सुनसरी जिल्लाको ईनर्वा नगरपालिका ४ हनुमान चोकबाट भाद्र २ गते एपीएफ टोलीले करीब तीन लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा सुर्ती बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । उक्त ठाउँमा जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एक यात्रुबाहक बस र को. ८ प ३३६ नम्बरको मोटरसाइकालबाट उक्त सामान बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा १५ के.जी.चाँदीसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको औरही गाउँपालिका २ देउरी भन्ने स्थानबाट साउन ३२ गते एपीएफ टोलीले १० लाख ९३ हजार १ सय १० रुपैयाँ बराबरको १५ के.जी. चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत २ भेलवाचोक घर बताउने अन्दाजी २८ बर्षिय बन्धुकुमार सिंह छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । ज. ८ प ९२३५ नम्वरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेका निज सिंहलाई शंका लागि जाँच गर्दा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला निज सिंहले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरिएको छ । एपीएफ टोलीले पक्राउ परेका सिंहलाई बरामद चाँदी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-05-01
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
        सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ
टोलीले साउन २९ गते करीव एक लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा किराना
सामान एपीएफ टोलीले धनुषा जिल्लाको शहिदनगर नगरपालिका ७ स्थित
निमुवाटोलबाट बरामद गरेको हो ।
यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित महेन्द्रनगरको
बसपार्कबाट एपीएफ टोलीले साउन २९ गते करीव दुई लाख १० हजार रुपैयाँ
बराबरको चोरीपैठारीको लेडिज कुर्ता सुरुवालको कपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त कपडा
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा कञ्चनपुरबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।

2076-04-29
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

बाँके,
        बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित नेपालगञ्ज भन्सार
कार्यालयको मुलगेटबाट साउन २९ गते एपीएफ टोलीले ४४ वटा नाईट्रोभेट
ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
        सुर्खेत जिल्लाको उत्तरगंगा नगरपालिका १९ बस्ने मदन मल्ललाई सशस्त्र
प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले
पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज मल्ललाई एपीएफ टोलीले शंका लागि जाँच
गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले पक्राउ परेका मल्ललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको
लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2076-04-29
APF News
लागूऔषधसहित एपीएफ टोलीद्वारा पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका १ बाईपास ईलाकाबाट साउन २७ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको गितानगर १ वस्ने २६ वर्षिय राजकुमार परियार छन् । सशस्त्र प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट रुपन्देहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज परियारको साथमा डाईजोपाम ११ वटा, प्रोमिठाजिन ११ वटा तथा बि-प्रोनफिन ११ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका परियारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-04-29
APF News
भरुवा बन्दुकसहित दुई जना पक्राउ
सल्यान, सल्यान जिल्लाको कालिमाटी गाँउपालिका ५ मनिकपुरबाट साउन २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले चार नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ वस्ने ६७ बर्षिय टेकबहादुर कुमार र ७० बर्षिय चन्द्रबहादुर रोकाय छन् । उनीलाई सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सल्यानबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनीहरु घर नजिकको जंगलमा दुई नाल भरुवा बन्दुक बोकी हिड्दै गरेको अवस्थामा पक्राउ परेका थिए । त्यसपछि उनीहरुले आफ्नो घरमा समेत भरुवा बन्दुक रहेको बताएपछि निजहरुको घरबाट दुई नाल भरुवा बन्दुक, राउण्ड ४ वटा र ५० ग्राम बारुद बरामद गरिएको थियो । पक्राउ परेकाहरुलाई बरामद हातहतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-04-25
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकबाट साउन २५ गते एपीएफ टोलीले करीब १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । दुई वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा र मोटरसाइकल सोही ठाउँमा छडी फरार भएपछि लत्ताकपडासहित मोटरसाइकल समेत बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले साउन २५ गते करीब १ लाख ८२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ७ उजैनी चोकबाट बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2076-04-25
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

ठमाडौं,
        बर्दियाँ जिल्लाको मधुवन नगरपालिका ३ कोठियाघाटबाट एपीएफ टोलीले साउन २१ गते करीव २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्टस र रासायनिक मल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेक्वा बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        त्यसेवला सामान ल्याउँने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान छाडी भागेका थिए ।
        एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले साउन २० गते वेवारिसे अवस्थामा रहेको करीव २ लाख ५० हजार रुपैयाँ बराबरको फेन्सी सामान बरामद गरेको छ ।
        एपीएफ टोलीले उक्त सामान कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ६ स्थित बनगाउँबाट बरामद गरेको हो ।
        बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

2076-4-21
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं,
    बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १४ स्थित बावुगाउँबाट साउन २३ गते एपीएफ टोलीले करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंजमा बुझाएको छ ।
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले साउन २३ गते करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान बरामद गरेको छ ।
    भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका २ कालागौडी ईलाकाबाट बरामद गरेको हो ।
    बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । 
 

2076-4-24
APF News
एपीएफ टोलीद्वारा स्रोत नखुलेको करीव २१ लाख २२ हजार रुपैयाँसहित पक्राउ

महोत्तरी,
        महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ९ स्थित हनुमान चोकबाट साउन २० गते एपीएफ टोलीले स्रोत नखुलेको करीव २१ लाख २२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको महोत्तरी गाउँपालिका १ डामी बस्ने ३५ वर्षिय सुरेन्द्र ठाकुर छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
        सोही जिल्लाको हनुमान चोकबाट ज ११ प १७३२ नम्बरको मोटरसाइकलमा जलेश्वरतर्फ जाँदै गरेका निज ठाकुरलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा उनले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले पक्राउ परेका निज ठाकुरलाई बरामद रकमसहित आवश्यक कारवाहीको लागि सम्पत्ती शुद्धिकरण विभाग महोत्तरीमा बुझाएको छ ।

2076-4-21