महोत्तरी,
महोत्तरी जिल्लाको गौशला नगरपालिका १ स्थित रामनगरबाट कार्तिक ३ गते एपीएफ टोलीले पाँच बोतल एक्जीप्लोन नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिवास नगरपालिका १४ बस्ने ३१ वर्षिय ओमप्रकाश साह र ३० वर्षिय राजेन्द्र ठाकुर छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
ग ३ प ५६४९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।