काठमाडौं,
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ७ स्थित डुमरियाबाट मंसीर २ गते एपीएफ टोलीले करिव आठ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ ।
ना २ ख ६३०४ नम्वरको ट्रकमा अवैध रुपमा लोड गरि राखेको अवस्थामा उल्लेखित रुपैयाँ बराबरको ८५ क्विन्टल प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसबेला एपीएफ टोलीले उक्त प्याज लोड गरि राखेको ट्रक समेत बरामद गरेको छ । उक्त ट्रकको भन्सार मुल्य २५ लाख रुपैयाँ रहेको छ ।
एपीएफ टोलीले बरामद प्याज तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते करिव पाँच लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१२० नम्वरको यात्रुवाहक बसमा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा मोवाईल सेट एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्कको तीनकुनेबाट बरामद गरेको हो ।
बरामद सामान सेतुबन्धु भन्सार कार्यालय हरिपुर सुनसरीमा बुझाईएको छ ।