सर्लाही,
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित राजदेवी मन्दिर ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले चारीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल भन्सार कार्यालय मलंगवामा बुझाएको छ । बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार मुल्य करीव एक लाख ५४ हजार रुपैयाँ रहेको छ ।