काठमाडौं,
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ उल्ली स्थित सिमा
ईलाकाबाट मंसीर ५ गते एपीएफ टोलीले करीव एक लाख ४६ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ दुई वटा मोटरसाईकलमा राखेर ल्याउदै गरेको
अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसबेला उक्त लत्ताकपडा
ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरिएको हो ।
बरामद लत्ताकपडा तथा मोटरसाईकल सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ ।
यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको
एपीएफ टोलीले मंसीर ५ गते करीव एक लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा
तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त सामान एपीएफ टोलीले
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो ।
बरामद सामान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।