सर्लाही,
सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ सखुवाबाट मंसीर ५ गते एपीएफ
टोलीले अवैध रुपमा बालुवा बोकेको ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको
छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षिय अर्जुन राय छन् ।
ज १ त ९३७२ नम्वरको ट्याक्टरमा नेपालबाट भारततर्फ अवैध रुपले बालुवा
लैजादै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १० गण
हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका निज रायलाई बरामद बालुवा तथा ट्याक्टरसहित आवश्यक
कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । उक्त ट्याक्टरको
भन्सार दाखिला मुल्य आठ लाख तीन हजार रुपैयाँ रहेको छ ।