Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखनौतियाबाट कार्तिक २१ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही गाँउपालिका १ श्रीरामपुर बस्ने अखिलेश हरिजनलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मैनीहवाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ४४ वटा, प्रोमेथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४४ वटा र डाईजपाम ईन्जेक्सन ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका हरिजनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले कार्तिक २१ गते ओनेरे नामक २० बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट ईलाकाबाट सोही महानगरपालिका २ छप्कैया बस्ने २३ बर्षिय सफरोज शेखलाई उल्लेखित लागूऔषधसहित पक्राउ गरिएको हो । एपीएफ टोलीले निज शेखलाई शंका लागि जाँच गर्दा निजले ६ वटा खेलौनाभित्र लुकाई छिपाई ल्याँउदै गरेको अवस्थामा उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका शेखलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-07-22
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका १ महेशपुरस्थित सीमा ईलाकाबाट कार्तिक १८ एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाँउपालिका ३ भटौलिया बस्ने २० बर्षिय शंकर परियार र रामग्राम नगरपालिका ९ बस्ने ४३ बर्षिय सुरेन्द्रप्रसाद हरिजन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ६ पत्ता, नाईट्रोभेट १० पत्ता, फेनारगन तीन सय ५० एम्पुल, नोफिन चार सय एम्पुल र डाईजापाम तीन सय ५० एम्पुल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले कार्तिक १९ गते सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सोही नगरपालिका १६ बस्ने संजिवकुमार यादव र बिकीकुमार यादव छन् । एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा निजहरुको साथमा कोडिन फोसफेट एण्ड क्लोरफेनिरामाईन म्यालेट चार बोतल र नाईट्रोभेट ट्याब्लेट पाँच वटा फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो ।
2077-07-19
APF News
सशस्त्र प्रहरी बल, नेपाल बिओपी नेचुङ्ग मुस्ताङको भवन शिलान्यास
मुस्ताङ, मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नेचुङ्गको कार्यालय र ब्यारेक भवनको कार्तिक १९ गते गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । उक्त बिओपी गत जेष्ठ १५ गते स्थापना भई सो बिओपीबाट दैनिक कार्य संचालन भइरहेको छ । उक्त बिओपी हाल नेचुङ्ग भन्सार कार्यालयको दुई वटा भवनमा रहेको छ । नेपालको सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो । हालसम्म १८३ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।
2077-07-19
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
धनुषा, धनुषा जिललाको नगराईन नगरपालिका ६ स्थित लगमाघाट ईलाकाबाट कार्तिक १२ गते एपीएफ टोलीले करीब एक लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न खालको मोवाईलको चार्जर बरामद बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको चार सय ६० वटा विभिन्न खालको मोवाईलको चार्जर सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस लगमाघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त चार्जर ल्याउँने व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उल्लेखित चार्जर सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद चार्जर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2077-07-12
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट कार्तिक १२ गते एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट एक हजार पाँचसय वटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा जिल्लामा घर बताउने २७ बर्षिय अशिम भुजेल र सिन्धुली जिल्लामा घर बताउने २७ बर्षिय मनोज भुजेल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट ६ हजार तीन सय ५० रुपैयाँ तथा दुई वटा मोवाइल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ लंका टोलस्थित सीमा ईलाकाबाट कार्तिक १२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया हरिपुर धर्मशाल १२ घर बताउने ४० बर्षिय दयावल तिवारी छन् । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ३८ बोतल, स्पास्मो प्रोक्सी ६ पत्ता र नाईट्रोजन ट्याब्लेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज तिवारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-07-12
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १५ हात्तीवनबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका १२ बस्ने २२ बर्षिय सविन आलेमगर, धादिङ जिल्लाको थाक्रे गाँउपालिका ४ बस्ने २७ बर्षिय रणबहादुर आलेमगर, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका १४ बस्ने ३६ बर्षिय राजकुमार रोका र ३० बर्षिय अजितकुमार श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ । यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २० बस्ने २३ बर्षिय सागर रसाईलीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-07-06
APF News
एपीएफ टोलीद्वारा अफिम तथा चरेशसहित पक्राउ
बर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बाट कार्तिक ४ गते राति एपीएफ टोलीले करीब १८ के.जी. पाँच सय ग्राम अफिम तथा करीब पाँच के.जी. चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम जिल्लाको बाफीकोट गाँउपालिका ८ डुले बस्ने ३८ बर्षिया निर्मला बाँठामगर छिन् । बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कट्टीबाट खटिएको एपीएफ टोलीले निज बाँठामगरलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । एपीएफ टोलीले शंकास्पद अवस्थामा भेटिएकी निजलाई जाँच गर्दा उनले कम्मरमा पेटी बनाई बाँधेको अवस्थामा पाँच के.जी. पाँचसय ग्राम अफिम फेला परेको थियो । त्यसपछि निजबाट खुल्न आएपछि थप दुई वटा झोलामा राखेर परालको कुन्युभित्र लुकाएको अवस्थामा १३ के.जी. अफिम र पाँच के.जी. चरेश फेला परेको थियो । उक्त लागूऔषध ओसार पसारमा संलग्न रहेका अन्य दुई जना व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए । पक्राउ परेकी निज बाँठामगरलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय गुलरियामा बुझाइएको छ ।
2077-07-05
APF News
एपीएफ टोलीद्वारा सुनसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट कार्तिक २ गते एपीएफ टोलीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षिय रामचन्द्र साह छन् । बा १० च ३५६८ नम्बरको भ्यानमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको २ सय ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद भ्यानको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।
2077-07-03
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानबरामद
काठमाडौं, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयाबाट कार्तिक २ गते एपीएफ टोलीले करीव सात लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय रानीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपारासीबाट खटिएको एपीएफ टोलीले कार्तिक २ गते करीव पाँच लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लेडिज कपडा बरामद गरेको छ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१७ र लु २ ख २२६९ नम्बको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसभित्र बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको दुई हजार सात सय ५७ पिस लेडिज कपडा एपीएफ टोलील्े पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० पितौजीबाट बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
2077-07-02