काभ्रे,
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका २ स्थित बिपी लोकमार्गमा माघ १८ गते
दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले
उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाएको छ ।
काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको टाटा सुमो र
विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल एक आपसमा
ठोक्एिर सो दुर्घटना भएको बताइएको छ ।
उक्त दुर्घटनामा उल्लेखित टाटो सुमो सडकबाट करीब ८० मिटर तल खसेको थियो
भने टाटा सुमोका चालक र सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना
व्यक्तिहरु घाइते भएका छन् ।।
सो सवारी दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल
नम्बर १५ गण काभ्रेबाट तत्कालै एपीएफ टोली खटिगई दुर्घटनाका घाइतेहरुको
उद्धार गरेको हो ।
घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।