काठमाडौं,
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट माघ १८ गते
एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान
मोबाइल सेट बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ
टोलीले माघ १९ गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक
सामान बरामद गरेको छ ।
भन्सार छली ल्याउँदै गरेको उक्त सामान सिरहा जिल्लाको भगवानपुर
गाँउपालिका ३ अभयनगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।
एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।