कञ्चनपुर,
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ८ पचुईस्थित सीमा ईलाकाबाट माघ १७
गते एपीएफ टोलीली एक हजार दरको पाँचवटा नक्कली नोट र नोट बनाउन प्रयोग
हुने दुई सयवटा कागजसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको लालझाडी गाँउपालिका १ बस्ने २३ बर्षिय
संजय राना र बेलौरी नगरपालिका ८ पचुई बस्ने २२ बर्षिय ईन्द्र राना छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पचुईबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा
उल्लेखित नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज फेला परेपछि पक्राउ
गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद नक्कली नोट र नोट बनाउने कागजसहित आवश्यक
कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।