Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

सिरहा, सिरहा जिल्लाको कल्याणपुर नगरपालिका ५ जंडौल भन्ने स्थानबाट चैत्र २९ गते एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका ४ बस्ने ३४ वर्षिय विन्दुर यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी सहायक निरीक्षक साधु महतोको कमाण्डमा खटिएको एपीएफ टोलीले सो ठाउँमा हिजो बेलुका जाँच गर्ने क्रममा स. ४ प ६७२२ नम्बरको मोटरसाइकलमा सवार निज यादवको साथमा उक्त हतियार फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले निज यादवलाई बरामद हतियार र उक्त मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

2074-12-30
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट युवक अधिकृत तालिमको प्रथम प्रवचन

काठमाडौं,
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १७ युवक अधिकृत तालिमको सोही शिक्षालयमा एक कार्यक्रमका वीच प्रथम प्रवचन गर्नुभयो । 
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा सफलता प्राप्त गर्नका लागि यस्ता व्यावसायीक प्रशिक्षण अपरिहार्य रहेको चर्चा गर्नुहुँदै योग्य, दक्ष एवं अनुभवी अधिकृतको विकास गर्न यस्ता तालिमले महत्वपूर्ण सघाउ पु¥याउने बताउनुभयो । 
    उहाँले प्रशिक्षार्थीहरुले तालिमलाई अवसरको रुपमा उपयोग गर्दै कडा मेहनत र परिश्रमका साथ अनुशासित भई ज्ञान आर्जन गर्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो स्वार्थलाई त्यागेर प्राप्त दायित्व निर्वाहमा पेशागत इमान्दारिताका साथ कृयाशिल रहनुपर्ने चर्चा गर्नुभयो । 
    सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित, लगनशील एवं जिम्मेवारी निर्वाहप्रति दत्तचित्त भई जस्तो सुकै दायित्व पूरा गर्न सधै समर्पित रहनु पर्ने बताउनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले भन्नुभयो– ‘संगठनमा आवद्ध राष्ट्र सेवकहरुले सधै उच्च मनोवलका साथ प्राप्त जिम्मेवारीलाई पूरा गर्न अहोरात्र समर्पित रहनु पर्दछ ।’
    कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले धन्यवाद ज्ञापनको क्रममा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षार्थीहरुले प्रशिक्षणको दौरानमा बढिभन्दा बढि ज्ञान आर्जन गर्न आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । 
    सो तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र बस्नेतले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी तालिमलाई उत्कृष्ट ढंगले संचालन गरिने बताउनुभयो । 
    करीब ६ महिना अवधिको उक्त तालिममा कूल ५४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । 

201906/25