काठमाडौं,
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवर्डा गाउँबाट चैत्र ३ गते एपीएफ टोलीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले चैत्र ३ गते करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान एपीएफ टोलीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित झिमखोलाबाट बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।