ईलाम, ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित बुधबारे चोकबाट चैत्र २५ गते एपीएफ टोलीले करीब १ लाख १० हजार रुपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपतीनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।