Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
सप्तरी, सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टी सीमा ईलाकाबाट सशस्त्र प्रहरीले असोज १५ गते राती भारतीय नागरीक २२ वर्षिय शंकर कुमार साहलाई सकुशल उद्वार गरेको छ । उनलाई अज्ञात व्यक्तिले अपहरण गरी सिमा इलाकातर्फ लगेको भन्ने सूचना प्राप्त गर्नासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट उनको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले निजलाई सीमा ईलाकाको झाडीमा खुट्टामा साङ्लोले बाँधेर लडाई राखेको अवस्थामा सकुशल उद्वार गर्न सफल भएको हो । त्यसवेला सशस्त्र प्रहरीले एक थान मोवाईल सेट र एउटा सीमकार्ड समेत बरामद गरेको छ ।
2078-06-17
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट उच्चस्तरीय व्यवस्थापन तालिम समापन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको आयोजनामा संचालित सि.सं.४ उच्चस्तरीय व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोक स्वयम्भुमा असोज १५ गते आयोजित एक समारोहका बीच उक्त तालिम समापन गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिम सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा महत्वपूर्ण सहयोग पु¥याएकोमा त्रिभुवन विश्वबिद्यालय तथा विभिन्न विषयका विज्ञ प्रशिक्षकहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै तालिमका प्रशिक्षक वर्गलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले यस्ता उच्चस्तरीय तालिमले सांगठनिक नीति तथा योजना निर्माण गर्नसक्ने सक्षम कमाण्डर उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुकासाथै अधिकृतहरुको व्यवसायिक क्षमता अभिबृद्धि गरी सांगठनिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र र संगठनले लिएको लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि नेतृत्व तहमा रहेका वरिष्ठ अधिकृतहरुका लागि आवश्यक कुशल व्यवस्थापकीय क्षमता, योजना तर्जुमा तथा नेतृत्व क्षमता बिकासकासाथै मातहतका कर्मचारीहरुलाई कुशल ढंगले परिचालनका लागि संगठनले निरन्तर रुपमा महत्वकासाथ यस्ता विभिन्न व्यवसायिक तालिमहरु संचालन गर्दै आईरहेको बताउनुभयो । उहाँले भोलिका दिनमा आईपर्न सक्ने विविध चुनौतीहरुलाई परास्त गर्दै सांगठनिक कामकारवाही चुस्त, दुरुस्त तथा व्यवसायिक ढंगले प्रभावकारी रुपमा सम्पादन गर्नका लागि यस्ता उच्चस्तरीय तालिमबाट प्राप्त ज्ञान, कला र कौशलले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । एक महिना कार्य अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा २ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी., रामशरण पौडेल लगायत त्रिभुवन विश्वबिद्यालयका सह-प्राध्यापक डा. नरेन्द्रराज पौडेल र सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-06-15
APF News
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालबाट महिला स्वास्थ्य सम्बन्धि कल्याणकारी योजनाको शुभारम्भ
काठमाडौ, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले बिहीबार नेपाल एपीएफ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच महिला स्वास्थ्य सम्बन्धि कल्याणकारी योजनाको शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त कल्याणकारी योजनाको अफिस, महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण तथा ‘भी.आई.ए., भी.आई.एल.आई. जाँच, रोगको पहिचान तथा उपचार तालिम’को समुद्घाटन गर्नुभयो । संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिलाहरुको पाठेघरको उपचारमा सहयोग पुग्ने आधुनिक उपकरण खरिद वापत लागेको रु पाँच लाख बराबरको चेक त्यसैअवसरमा एपीएफ अस्पताललाई सहयोग रुवरुप हस्तान्तरण गर्नुभयो । सोअवसरमा संघकी अध्यक्ष खनालले उपचारत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै महिला बिरामीहरुलाई फलफुल वितरण गर्नुभयो । देशभरका आर्थिक अवस्था कमजोर भएका पाठेघर सम्बन्धि समस्या भोगिरहेका दिदीबहिनीहरुको उपचारको लागि सशस्त्र प्रहरी परिवार महिला संघको सिफारिसमा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सरको पहिचान तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यकासाथ सो संघले उक्त योजना कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले धन्यवाद ज्ञापनको क्रममा कोभिड–१९ महामारी पीडितको उपचारमा अस्पतालले प्रदान गरेको सेवाको विभिन्न क्षेत्रहरुबाट प्रशंसा भएको चर्चा गर्नुहुँदै अस्पतालमा थप भएको आधुनिक उपकरणहरुको प्राप्तीसँगै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, स्थानीय सर्वसाधारण नागरिक तथा मानव सेवा आश्रमका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुको निःशुल्क उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । वि.सं. २०५९ साल असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघ निःस्वार्थ सेवा भावकासाथ समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै सिमान्तकृत तथा पिछडीएका क्षेत्रका बालबालिकाहरुको निःशुल्क अध्ययन, जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान, विपद् प्रकोप पिडीतहरुलाई राहत वितरण, देशका विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर संचालन, राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरुलाई स्वरोजगारमूलक तालिम प्रदान, जनचेतनामुलक कार्यक्रम, रक्तदान लगायत बागमती सरसफाई महाअभियानमा सहभागिता जनाउँदै आफ्नो क्षमताले भ्याएसम्म संघको उद्देश्य प्राप्तीमा निरन्तर कृयाशिल रहेको छ ।
2078-06-14
APF News
नेपाली सेना सि.सं. १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्सका उच्च अधिकृतहरुद्धारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय भ्रमण
काठमाडौ, नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित ‘सि.सं. १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स’का उच्च अधिकृतहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिनुभयो । सो अवसरमा शिक्षार्थी अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना र आम नागरिकको सेवा, सुरक्षा तथा उद्वार कार्यमा कटिबद्ध भई कार्यक्षेत्रमा अहोरात्र क्रियाशील रहँदै उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै राज्यप्रदत्त विविध जिम्मेवारी निर्वाहको क्रममा सुरुवात देखि नै विविध तालिम तथा साधनश्रोत व्यवस्थापनमा नेपाली सेनाबाट महत्वपूर्ण सहयोग प्राप्त भईरहेको उल्लेख गर्नुभयो । उहाँले यस खालका अन्तरक्रिया तथा भ्रमणले एक आपसमा सुमधुर सम्बन्ध कायम राख्दै आगामी दिनहरुमा कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा सहजता आउने विश्वास व्यक्त गर्नुुहुँदै राष्ट्र र आम नागरिकको सुरक्षा, विपद् व्यवस्थापन तथा पीडितको उद्वार लगायतका कार्यहरु सबैको सामूहिक प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने बताउनुभयो । महानिरीक्षक खनालले नेपाली सेनामा विभिन्न तालिममा आफू सहभागी हुँदाको अनुभव स्मरण गर्नुुहुँदै भविष्यमा नेतृत्व तहमा पुग्ने उच्च अधिकृतहरुले यस्ता उच्चस्तरीय कोर्सबाट प्राप्त गर्ने ज्ञान तथा अनुभवले भविष्यमा आईपर्न सक्ने जस्तोसुकै सुरक्षा चुनौतीहरुलाई समेत परास्त गर्दै नेपाल सरकारको लक्ष्य प्राप्तिमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपालको बारेमा शिक्षार्थी अधिकृतहरुले राखेको विविध जिज्ञासाहरुबारे प्रष्ट पार्नुभयो । त्यसैअवसरमा उहाँले उक्त तालिमका सिनियर ईन्स्ट्रक्टर सहायक रथी प्रेमध्वज अधिकारीलाई मायाको चिनो प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले स्वागत मन्तव्यको क्रममा यस्ता भ्रमण तथा अन्तरक्रियाबाट सुरक्षा निकायहरुले एक आपसमा भएका अनुभव आदान प्रदान गर्ने मौकाको साथै कार्यसम्पादनको क्रममा स्पष्टताकासाथ समन्वय र सहकार्यमा सघाउ पुर्‍याउने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, परिचालन, सांगठनिक संरचना, सुरक्षा संगठनहरुबीच समन्वयका क्षेत्रहरु, विद्यमान विविध चुनौती लगायतका विविध विषयहरुबारे शिक्षार्थी अधिकृतहरु समक्ष प्रस्तुतीकरण मार्फत कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी गराउनुु भएको थियो । त्यसअवसरमा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयस्थित केन्द्रीय आदेश कक्षको कामकारवाही तथा सो कक्षले हाल प्रयोगमा ल्याईरहेको सूचना तथा संचार प्रविधिबारे समेत शिक्षार्थी अधिकृतहरुले जानकारी हासिल गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-06-14
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौ, सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित बासाटोलबाट असोज १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चुरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले असोज १२ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ६ वटा साइकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको विरगंज महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । उक्त ६ वटै साइकल समेत बरामद गरिएकोे छ । बरामद लत्ताकपडा तथा साइकल विरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले असोज १३ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको छालाको जुत्ता तथा स्याण्डल बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
2078-06-13
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सर्लाही, विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असोज १२ गते एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले सर्लाही जिल्लाको कौडेना गाउँपालिका १ बस्ने २४ वर्षिय जितेन्द्र साहलाई शंका लागि जाँच गर्दा उनको साथमा नाइट्राजेपाम ७ सय ८० वटा, डाईजाल्याप २० वटा र नोफिन ९ वटा फेला पारेपछी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-06-13
APF News
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौ, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट असोज १० गते सशस्त्र प्रहरीले करीव २ लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना, औषधी तथा मेशिनरी सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले असोज ११ गते करीव २ लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेउ सीमा ईलाकाबाट बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । त्यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनर्वा सीमा ईलाकाबाट असोज ११ गते करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद लत्ताकपडा भन्सार कार्यालय विरगंजमा बुझाईएको छ ।
2078-06-11
APF News
विभिन्न किसिममा लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ
काठमाडौं, विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ५ स्थित मज्नुचौरा ईलाकाबाट असोज ७ गते दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १६ लालपाती बस्ने १९ वर्षिय ईश्लाम चुरियार र २० वर्षिय आलमविर चुरियार छन् । लु ४ प ११३४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बुचीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन ३ सय ५ वटा, डाईजोपाम २ सय ८१ वटा र नोफिन ३ सय १६ वटा फेला पारको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अर्नाहाबाट खटिएको सशस्त्र प्रहरीले १ सय १ बोतल डाईलेक्स नामक लागुऔषधसहित सर्लाही जिल्लाको बलरा नगरपालिका ५ अर्नाहास्थित सीमा ईलाकाबाट सोही नगरपालिका १० बस्ने ४० वर्षिय मल्कित रायलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज रायलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका रायलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-06-07
APF News
नेपाली सेना सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्धारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको भ्रमण
काठमाडौ, नेपाली सेना सैनिक वार कलेजमा संचालित ‘सि.सं. ३ अल आम्र्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल नेपाल राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा कार्यक्षेत्रमा निरन्तर क्रियासिल रहिरहेको उल्लेख गर्नुहँुदै जिम्मेवारी निर्वाहको क्रममा नेपाली सेना लगायत सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय तथा सहकार्य गर्दै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सुरक्षामा कटिवद्ध भई अहोरात्र परिचालन भईरहेको बताउनुभयो । उहाँले यस खालका अवलोकन तथा भ्रमणले कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुुहुँदै शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतका कार्यहरुमा सम्वद्ध सबैको समन्वय तथा सामुहिक प्रयासले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भविष्यमा समेत समन्वय, सहकार्य र यस्ता भ्रमण निरन्तर रुपमा संचालन हुने विश्वास व्यक्त गर्नुहुँुदै शिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले उक्त तालिमका डाईरेक्टिङ्ग स्टाफ प्रमुख सेनानी जितबहादुर लामालाई मायाको चिनो प्रदान गर्नुभयो । भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालबारे राखेको विविध जिज्ञासाबारे सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले प्रष्ट पार्नुभयो । सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, परिचालनका क्षेत्रहरु, सांगठानिक संरचना, सुरक्षा चुनौती लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत सशस्त्र प्रहरी उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी गराउनुु भएको थियो । त्यसअवसरमा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रिय आदेश कक्षको कामकारवाही तथा हाल प्रयोगमा ल्याईरहेको सूचना तथा संचार प्रविधिबारे समेत जानकारी हासिल गरेका छन् ।
2078-06-07
APF News
सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एक जना पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका १५ सितापाईलास्थित एक रेष्टुरेन्टबाट भाद्र ३० गते सशस्त्र प्रहरीले ९ एमएमको पेस्तोल १ नाल तथा सोको ५ वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिका ३ जितपुर बस्ने २४ वर्षिय सोनाम तामाङ्ग छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा खटिएको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा निजलाई उक्त पेस्तोल तथा गोली र निजले प्रयोग गरेको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद पेस्तोल, गोली तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-06-01