काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा
संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत)
सोमबार देखि संचालन भएको भएको छ ।
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक
खड्ग बहादुर राईले कार्तिक २९ गते सोही प्रतिष्ठानमा आयोजित एक
कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।
त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले संगठनलाई प्राप्त
जिम्मेवारीमध्ये सीमा सुरक्षा एक महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा
गर्नुहुँदै राज्यद्धारा संगठनलाई प्राप्त विविध जिम्मेवारीहरु व्यवसायिक
र कुशल ढंगले सम्पादनका लागि दक्ष जनशक्ति निर्माणका लागि संगठनले यस्ता
विभिन्न व्यवसायिक तालिमहरु नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो
।
उहाँले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षणको
दौरान प्रशिक्षार्थीहरुले आर्जन गरेका ज्ञान, कला र कौशललाई
कार्यक्षेत्रमा उपयोग गर्दै प्रशिक्षार्थी अधिकृतहरुले आफु मातहतका
सशस्त्र प्रहरी कर्मचारीलाई समेत सिकाउँदै विभिन्न स्थानहरुमा खटिई
राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्धार लगायतका कार्यसम्पादनको
क्रममा चुस्त दुरुस्त रुपमा कृयाशिल रहन सहयोग पुग्ने विश्वास व्यक्त
गर्नुभयो ।
६ हप्ता अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २५ जना
सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३० जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा
सहभागी रहेका छन ।