झापा,
झापा जिल्लाको मेचिनगर नगरपालिका ८ स्थित जोरसिमल ईलाकाबाट कार्तिक २९
गते सशस्त्र प्रहरीले करीव १ लाख ४० हजार रुपैयाँ बराबरको २ के.जी. १ सय
ग्राम चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ बर्षिय बिशाल चौधरी र निशान सहनी छन् ।
प्रदेश १-०१-०१३ प ६६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलार्ई सशस्त्र
प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र
प्रहरीले शंंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मुल्य बराबरको
उक्त चाँदी बरामद गरेको हो । त्यसवेला उनीहरु सवार उक्त मोटरसाईकलसमेत
बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बरामद गरगहना तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका
लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको छ ।