रुपन्देही,
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट
कार्तिक २९ गते सशस्त्र प्रहरीले १९ लाख रुपैयाँ बराबरको कार बरामद गरेको
छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट गस्तीमा खटिएको
सशस्त्र प्रहरीले सो ठाउँमा बेवारीसे अवस्थामा रहेको भारतीय नम्बरको उक्त
कार बरामद गरी भन्सार कार्यालय भैरहवामा बुझाएको हो ।
