Toggle Menu

समाचार

APF News
पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला ।

धादिङ,
    धादिङ जिल्लाको गल्छी गाउँपालिका २ बेलघारी स्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव चैत्र १४ गते एपीएफ टोलीले नदिबाट निकालेको छ ।
    चैत्र १३ गते त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १८ वर्षिय रविन राई नदिमा डुवेर बेपत्ता भएका थिए ।
    सो घटनाबारे स्थानीय वासिन्दाले सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी गराए पश्चात उक्त शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहको कमाण्डमा गोताखोरसहितको टोली खटिई गई खोजतालस गर्ने क्रममा शव फेला पारेको हो । 
एपीएफ टोलीले निजको शव नदि बाहिर निकाली निजको आफन्तलाई बुझाएको छ । 
 

2075-12-15
APF News
कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको बुधबार सम्पन्न खेलहरु

काठमाडौं, 
    नेपाल एपीएफ क्लवको आयोजनामा संचालित ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को बुधबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् । 
    आजै सम्पन्न भएको लनटेनिस प्रतियोगिताको ६५ वर्षमाथि भेन्ट्रान्स तर्फको फाईनल खेलमा दिपक श्रेष्ठले ज्ञानेन्द्र ताम्राकारलाई ४–० र ४–० ले पराजित गरी विजयी भएका छन् । 
यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्सतर्फको फाईनल खेलमा कृष्णराज घलेले कमल थापालाई ६–४ र ६–१ ले पराजित गरि विजयी भएका छन् । 
यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकलतर्फको फाईनल खेलमा राजु श्रेष्ठले महेश श्रेष्ठलाई ६–४ र ६–४ ले पराजित गरि विजयी भएका छन् । 
यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको सेमिफाइनल खेलमा विमल गुरुङ्गले गोपी भट्टराईलाई ६–२ र ७–६ ले तथा चन्द्र साईले सिजर गुरुङ्गलाई ६–१ र ६–० ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।
आजै सम्पन्न भएको लनटेनिस पुरुष युगलतर्फका खेलमा इभानोई लिसानोवीक र निकको जोडीले छेवाङ्ग लामा र नविन मगरको जोडीलाई ६–४ र ६–३ ले तथा कलम भण्डारी र प्रनव खनालको जोडीले अनिल साई र प्रदिप खड्काको जोडीलाई ७–५ र ६–४ ले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । 
यसैगरी दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा आजै सम्पन्न भएको ४५ वर्षमाथि युगलतर्फको खेलमा हेमचन्द्र गुरुङ्ग र धर्म साईको जोडीले प्रताप मोक्तान र सुवर्ण ढाक्वाको जोडीलाई ६–२ र ६–३ ले पराजित गरि सेमिफाईनलमा प्रवेश गरेको छ । 
यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको खेलमा ध्रुव गुरुङ्ग र मनोज राणाको जोडीले प्रेम थापा र फादर मेथ्युको जोडीलाई ६–२ र ६–४ ले, कृष्णराज घले र सुवर्ण ढाक्वाको जोडीले विष्णु गैरे र सहदेव ढुंगानाको जोडीलाई ६–३ र ६–२ ले, कर्मा घले र करिमूल्ला मुस्लीमको जोडीले केसङ लामा र कर्माटासी लामाको जोडीलाई ६–२ र ६–३ ले तथा दिपक श्रेष्ठ र अमृत कंंसाकारको जोडीले कमल थापा र छम्वा ढुंडुपको जोडीलाई ४–६, ६–३ र १०–७ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । 
    आजै सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको क्वाटरफाईनल खेलमा नेपाल एपीएफ क्लवका दिपेश धामीले सोही क्लवकै गौतमसिंह कठायतलाई २१–१४ र २१–१८ ले, त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनले नेपाल एपीएफ क्लवका सुदिप सेढाईलाई २१–१८ र २१–११ ले, सिल्क ग्रुपका प्रिन्स दाहालले नेपाल एपीएफ क्लवका सुनिल जोशीलाई २१–१५ र २१–१९ ले तथा नेपाल पुलिस क्लवका जीवन आचार्यले नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकारलाई २१–१८ र २१–१७ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । 
यसैगरी व्याडमिन्टन प्रतियोगिताको अन्डर सेभेन्टिन गल्र्स सिंगलतर्फको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जेष्ट ब्याडमिन्टन एकेडेमीकी अनुषा न्यौपानेलाई २१–६ र २१–५ ले, मोरङकी नीता लम्सालले मोरङकै रोज पाण्डेलाई २१–७ र २१–८ ले, मोरङकी सीमा राजबंशीले झापाकी अन्जना राईलाई २१–८ र २१–९ ले, त्रिभुवन आर्मी क्लबकी रञ्जना भट्टले वीरगंजकी स्मृती राईलाई २१–१३ र २१–१४ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । 
यसैगरी व्याडमिन्टन प्रतियोगिताको अन्डर सेभेन्टिन ब्वाईज सिंगलमा सिल्क ग्रुपका प्रिन्स दाहालले महेन्द्रनगरका प्रकाश चन्दलाई २१–८ र २१–१० ले, नेपाल एपीएफ क्लवका प्रियान्सुसिंह क्षेत्रीले धनगढीका अमृत चौधरीलाई २१–१७ र २१–१२ ले, नेपाल एपीएफ क्लवका पेम्वा शेर्पाले मोरङ्गका उज्ज्वल पोखरेललाई २१–१४ र २१–१५ ले तथा त्रिभुवन आर्मी क्लवका दिवस शंकरले कञ्चनपुरका गोकुल जोरालाई २२–२० र २१–१३ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । 


यसैगरी व्याडमिन्टन प्रतियोगिताको मिक्स युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनको जोडीलाई २१–१७ र २१–७ ले, त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र अमिता गिरीको जोडीले नेपाल एपीएफ क्लबका निरबिक्रम देवकोटा र भोजपुरकी सीता राईको जोडीलाई २१–१९ र २१–१३ ले, नेपाल एपीएफ क्लबका बिजित थापामगर र शोभा गौचनको जोडीले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र अनुमाया राईको जोडीलाई २१–१९ र २१–१८ ले पराजित गरेको छ भने नेपाल एपीएफ क्लबका गौतमसिंह कठायत र सुनैना मुखियाको जोडीले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र रञ्जना भट्टको जोडीबाट वाक ओभर पाई सोमीफाइनलमा प्रवेश गरेको छ ।  
यसैगरी पुरुष युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका दिपेश धामी र विजित थापामगरको जोडीले नेपाल एपीएफ क्लवकै बिशाल प्रधान र बिमल श्रेष्ठको जोडीलाई २१–१३ र २१–१९ ले, नेपाल पुलिस क्लवका दिपक बोहोरा र जीवन आचार्यको जोडीले नेपाल एपीएफ क्लबका सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीलाई २१–१२ र २१–९ ले, नेपाल एपीएफ क्लबका सुदिप सेढाई र साजनकृष्ण ताम्राकारको जोडीले नेपाल एपीएफ क्लबकै सुनिल जोशी र गौतमसिंह कठायतको जोडीलाई २१–१८ र २१–१८ ले तथा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाल एपीएफ क्लबका नीरबिक्रम देवकोटाको जोडीलाई २१–१५ र २१–१६ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । 
यसैगरी महिला एकतर्फको खेलमा त्रिभुवन आर्मी क्लबकी अमिता गिरीले मोरङकी सीमा राजबंशीलाई २१–१५ र २१–१९ ले तथा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले त्रिभुवन आर्मी क्लबकै रञ्जना भट्टलाई २१–११ र २१–१५ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । 
    बुधबार सम्पन्न सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले ढोरपाटन ट्रेनिङ्ग सेन्टरलाई २५–१, २५–१० र २५–२ को सोझो सेटमा तथा हंगवान्जि न्यु डाईमण्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–५ र २५–७ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । 

2075-12-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
    बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जैसपुरबाट चैत्र १० गते एपीएफ टोलीले करीव ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार सय ४५ थान मोवाईलमा प्रयोग हुने एन्टी रेडिएसन चिप्स बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा बाँके नम्बर ४० गुल्मबाट खटिएको एपीएफ टोलीले उक्त सामान सोही ठाउँको भन्सार कार्यालयको नजिकैबाट बरामद गरेको हो ।
    त्यसवेला सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै सामान छाडी भागेका थिए ।
    एपीएफ टोलीले बरामद सामान आवश्यक करावाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 
    यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित भन्सारढाट ईलाकाबाट चैत्र ११ गते एपीएफ टोलीले २ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको विभिन्न कम्पनीको औषधी र सात वटा ल्यापटप सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । 

2075-12-11
APF News
एपीएफ टोलीद्वारा आठ केजी चाँदीका गहनासहित पक्राउ
झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले चैत्र १० गते दिउँसो करीव आठ केजी चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बंगालराज्य ज्याला जलपाईगुडी घर बताउने ३० वर्षिय मिठु सेन छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक केदार श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखामा जाँच गर्दा उनको साथमा उक्त चाँदीको गहना भेटिएको थियो । उक्त गहना करीव ३ लाख ६४ हजार रुपैयाँ बराबरको रहेको छ । पक्राउ परेका निजलाई बरामद चाँदीका गहनासहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
2075-12-10
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले नेपाल एपीएफ क्लवको आयोजनामा संचालन हुने ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को चैत्र १० गते उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित उद्घाटन समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्बन्धित खेलका मुख्य रेफ्रीहरुलाई बल तथा सटल कर्क हस्तान्तरण गरी प्रतियोगिताको सुभारम्भ गर्नुभएको हो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापना काल सँगै नेपाल एपीएफ क्लवको स्थापना गरी राष्ट्रको खेलकुदको क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले विगत लामो समयदेखि ब्याडमिन्टन, लनटेनिस र महिला भलिबलमा राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्दै आइरहेको उल्लेख गनुहुँदै यस्ता प्रतियोगिताले देशभर छरिएर रहेका खेलप्रतिभाहरुलाई एकिकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रतियोगिता अन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष एकलतर्फको खेलमा भोजबहादुर गुरुङ्ग, अनिष कटुवाल, गोकुल तामाङ, आशिष तामाङ, रोशन कुमाल, अमृत चौधरी, बिजय बानियाँ, गोकुल जोरा, अनिष खतिवडा, गोकुल तामाङ र प्रियान्सुसिंह क्षेत्री विजयी भएका छन् । यसैगरी आजै सम्पन्न लनटेनिस तर्फको खेलमा सुरजकुमार श्रेष्ठ, किरनजंग कुवँर, चन्द्र थापा, उत्तम बोगटी, केशर गुरुङ्ग, राम राणा, कृष्ण कार्की, कुमार तामाङ्ग, पल मार्टिन सोल, देव क्षेत्री, सुकमान तामाङ्, भीष्मजंग गुरुङ्ग, रोहित सुनुवार, काजीमान गुरुङ्ग, राजु श्रेष्ठ, सुबोध अधिकारी, मनोज शाह, सीमान्त गुरुङ्ग, गोपी भट्टराई, अमृत रोका, राजेश क्षेत्री, महेश श्रेष्ठ, ध्रुव गुरङ्ग, आशिष सिग्देल र करिमुल्ला मुस्लिम विजयी भएका छन् । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य ईन्दिरा निरौला लगायत विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
2075-12-10
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तिनकुने स्थित सीमा ईलाकाबाट चैत्र ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने ४० वर्षिय समिर आले र सोही ठाउँ बस्ने १८ वर्षिय विवेक पोखरेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ९ प २२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट नाईट्रोजन ट्याब्लेट ३८ वटा, स्पास्मो प्रोक्सिभन चार वटा, डाईजिपाम एक एम्पुल, फेनारगन एक एम्पुल र लिजेसिक एक एम्पुल फेला परेपछि एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-12-8
APF News
पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाउँपालिका २ लामाबगर स्थित सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव चैत्र ७ गते एपीएफ टोलीले नदिबाट निकालेको छ । चैत्र ६ गते सुनकोशी नदिमा पौडी खेल्ने क्रममा अन्दाजी १६ वर्षिय सुमन तामाङ्ग नदिमा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा काठमाडौ र नम्बर १५ गण हेक्वा काभ्रेपलाञ्चोकबाट गोताखोरसहितको एपीएफ टोली त्यसतर्फ खटिई गएको थियो । घटनास्थलमा खोजी गर्ने क्रममा एपीएफ टोलीले करीव २५ फिट तलबाट निज तामाङ्गको शव बिहान पौने १० बजे नदिबाट बाहिर निकालेको हो । एपीएफ टोलीले निज तामाङ्गको शव निजको आफन्तलाई बुझाएको छ ।

2075-12-7
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पूर्वी नवलपरासी, पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित व्यारेजपुलबाट चैत्र ६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका २ चिसापानी बस्ने ३० वर्षिय भिमबहादुर गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपातर्फ आउँदै गरेका निज गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोजन ३० वटा र स्पास्मो १६ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-12-6
APF News
फेलातालमा डुवेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार
कास्की, कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुवेका तीन जना पर्यटकलाई एपीएफ टोलीले चैत्र ५ गते सकुशल उद्वार गरेको छ । उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको हावाहुरीको कारण चीनियाँ नागरीक २४ वर्षिया Menguyaor yu, २५ वर्षिया Lewei Deng र ६० वर्षिया Kangbning Mai लाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो ।
2075-12-6
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती ईलाकाबाट चैत्र ४ गते एपीएफ टोलीले करीव २ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको मरिच तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, भाडावर्तन र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको एपीएफ टोलीले चैत्र ४ गते करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान झापा जिल्लाको मेची नगरपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
2075-12-4
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवर्डा गाउँबाट चैत्र ३ गते एपीएफ टोलीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले चैत्र ३ गते करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान एपीएफ टोलीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित झिमखोलाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2075-12-3
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्स ट्रेन द ट्रेनर्स कोर्ष’ समापन
काठमाडौं, यूएन डिपीओ र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त आयोजनामा संचालित ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्ष ट्रेन द ट्रेनर्स कोर्ष’ समाप्त भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र १ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र यूएन डिपीओका ड्याग रोजर डाह्लेनले तालिमको समापन समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विश्व शान्तिका लागि सयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर द्वण्द्वग्रस्त मुलुकहरुमा शान्ति सुरक्षा बहाली गर्ने कार्यमा नेपालका सुरक्षाकर्मीहरुले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहुँदै यस्ता प्रशिक्षणबाट प्राप्त ज्ञानले आगामी दिनहरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर काम गर्नुपर्दा सहजता प्राप्त हुनुकासाथै सुरक्षाकर्मीहरुको व्यावसायिक दक्षतामा समेत अभिवृद्धि हुने बताउनुभयोे । उहाँले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव कार्यक्षेत्रमा लागू गर्नुकासाथै आगामी दिनमा संयुक्त राष्ट्रसंघीय मिसनहरुमा सहभागीता जनाउने सुरक्षाकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षार्थी अधिकृतहरु सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफु मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै प्रभावकारी कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले यस्ता तालिम संचालन गर्न सहयोग पु¥याएकोमा संयुक्त राष्ट्रसंघ प्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले संयुक्त राष्ट्रसंघीय मिशनमा नेपालले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहँुदै यस्ता तालिमले उत्कृष्ट प्रशिक्षक उत्पादनमा योगदान पु¥याएको उल्लेख गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट संयुक्त राष्ट्रसंघको म्याण्डेट लगायत विविध पक्षहरुको बारेमा महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको विश्वास व्यक्त गर्नुभयो । यूएन डिपीओका ड्याग रोजर डाह्लेनले यस तालिमबाट शान्ति स्थापनार्थ विभिन्न मिसनमा खटिने सुरक्षाकर्मीलाई मिसनमा परिचालनपूर्व प्रि–डिप्लोयमेन्ट तालीम दिन सक्ने योग्य प्रशिक्षक उत्पादन गर्न तालीम सफल रहेको विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित दुई हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका १८ जना अधिकृत तथा नेपाल प्रहरीका ६ जना अधिकृत गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2075-12-1
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रामपुरा मलहलियाबाट फागुन २९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ रामपुर बस्ने २३ वर्षिय रमन मगरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । को २४ प ८३०४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मगरले उक्त मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईलेक्स डिसी ४ बोतल, नाईट्रोजन ट्याब्लेट १० वटा र स्पास्मो ट्याब्लेट एक सय ६ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका मगरलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-11-30
APF News
नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा भएको सो साधारण सभाको फागुन ३० गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एकसमारोहका बीच पानसमा द्विप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयोे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले सो क्लवको स्थापना गरेर राष्ट्रिय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकोे बताउनुुभयो । उहाँले नेपाल एपीएफ क्लवका खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई विभिन्न पदक तथा पुरस्कारहरु हासिल गर्न सफल रहेको चर्चा गर्नहुँदै सो क्लव आजको यस अवस्थासम्म आईपुग्न संगठनका पूर्वज नेतृत्ववर्गले पु¥याएको योगदानको स्मरण गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले निरन्तरको खेलकुद अभ्यासले खेलाडीको खेल क्षमता अभिवृद्धि हुने चर्चा गर्नुहुँदै खेलकुदले अनुशासित र परिश्रमी बनाई सामुहिक भावनाको समेत विकास गराउने हुँदा फौजी संगठनमा यसको विशेष महत्व रहने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा समेत संगठन र राष्ट्रको नाम उजागर गर्न सफल रहेको चर्चा गर्नुहँुदै क्लवले प्रदान गर्ने सुविधाहरुमा समयानुकुल परिमार्जन गर्दै आईरहेको उल्लेख गर्नुभयो । उहाँले सो क्लवले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिता संचालन गर्दै राष्ट्रको खेलकुदको विकासमा योगदान पुर्‌याउदै आईरहेको बताउनुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी. र नारायणबावु थापा तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु लगायत विभिन्न खेलकुद संघ संस्थाका पदाधिकारीहरु एवं सो क्लवका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।
2075-11-30