काठमाडौं,
गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौता भएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताउनुभयो ।
उहाँले यस्ता सम्झौताले आफ्नो कार्यप्रती अझै बढि जिम्मेवारी बनाउने बताउनुहुँदै यसबाट कामको पारदर्शीता र सदाचारीतामा मद्वत गर्ने उल्लेख गर्नुभयो ।
यस्ता सम्झौताले हाम्रो क्षमताको समेत परिक्षा गर्दछ भन्नुहुँदै उहाँले यसबाट एक आपसमा सहयोग र सहकार्य गर्न मद्वत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गृहसचिव प्रेमकुमार राईले विगतमा गरिएका यस्ता सम्झौताले जवाफदेहीता तथा जिम्मेवार हुन मद्वत पुगेको बताउनुभयो ।
उहाँले सबैले लक्ष्य प्राप्ती गर्न समान रुपमा कृयाशिल भएमा सरकारले लिएको लक्ष्य पुरा गर्न मद्वत पुग्ने कुरा समेत उल्लेख गर्नुभयो ।
गृहसचिव राईले त्यसअवसरमा सम्झौतामा गरेको लक्ष्य पूर्ती गर्न अगाडी बढ्नुपर्ने चर्र्चा समेत गर्नुभयो ।