काठमाडौं,
    झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित कालिझोडाबाट एपीएफ टोलीले भाद्र ६ गते करीव एक लाख ८७ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले भाद्र ५ गते करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलोक्ट्रोनिक्स सामान तथा मोटर पार्टस् एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट बरामद गरेको हो ।
    एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बझाएको छ । 
 

APF