Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ८ प्रकाशपुरस्थित रामधुनी जाने जंगलको बाटोबाट बैशाख ३० गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कोशी गाउँपालिका १ लौकही बस्ने १९ बर्षिय रोशन झा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स १० प ४६९२ नम्बरको मोटरसाइकलमा सवार निज झालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेस डिसी ६५ बोतल, स्मास्मो प्रोक्सिभन १ हजार ४ सय ४० वटा, लिजिक इन्जेक्सन १ सय ५० एम्पुल, डाईजिल्याब इन्जेक्सन १ सय ५० एम्पुल, प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन १ सय ५० एम्पुल र फेन्सीडिल न्यू दुई बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला निज झाको साथबाट मोबाईल सेट एउटा, घडी एउटा,११ हजार ८ सय १० नेपाली रुपैयाँ, १ हजार २ सय ३० भारतीय रुपैयाँ तथा उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका निज झालाई बरामद लागूऔषध र सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-01-31
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका ३ स्थित कटैया चोकबाट बैशाख २७ गते एपीएफ टोलीले २० बोतल एक्जीप्लोन नामक लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ६ बस्ने ३६ वर्षिय शेर सिंह तामाङ, ३६ वर्षिय सिताराम यादव र २८ वर्षिय श्रीप्रसाद महतो छन् । बा १३ च १२९५ नम्वरको गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहिको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2077-01-28
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको थ्रेसर मेसीन बरामद
झापा, झापा जिल्लाको झापा गाउँपालिका ५ खयरबारी स्थित सीमा ईलाकाबाट बैशाख २२ गते एपीएफ टोलीले करीव १४ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको थ्रेसर मेसीनसहितको ट्याक्टर बरामद गरेको छ । भारतबाट अवैध रुपले नम्बर प्लेट नभएको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त थ्रेसर मेसीन सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पन्थपाँडाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त थ्रेसर मेसीन ल्याउँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त ट्याक्टर तथा थ्रेसर मेसीन छाडी फरार भएका थिए ।
2077-01-23
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित दुई जना पक्राउ
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १८ स्थित एकिकृत जाँच चौकीबाट बैशाख २३ गते एपीएफ टोलीले एक करोड नौ लाख उनासी हजार सात सय तीस भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ्ग घर बताउने २५ वर्षिय रविकुमार शर्मा र भारतकै बिहार रौतिनिया घर बताउने १८ वर्षिय चतुर कुमार छन् । डब्लुबी ७३ ई ७६३५ नम्बरको भारतीय ट्रकमा चालकको सिटमुनी कार्टुनमा राखेर लुकाई छिपाई अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित भारतीय रुपैयाँसहित सो ट्रकका चालक तथा सहचालक रहेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले सो ट्रक समेत बरामद गरेको छ ।
2077-01-23
APF News
सालको गोलिया काठसहित पक्राउ

पर्सा,
    पर्सा जिल्लाको बीरगंज महानगरपालिका ३१ स्थित भेडियाही खोलाबाट बैशाख १६ गते एपीएफ टोली र सब डिभिजन वन कार्यालयका कर्मचारीले करीव एक लाख नौ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ४ पर्शुरामपुर बस्ने असलम देवान छन् ।
    दुई वटा साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३१ क्यूफिट सालको गोलिया काठसहित निज देवानलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सबैयाका कर्मचारीले पक्राउ गरिएको हो । 
    त्यसवेला काठ ल्याउदै गरेका अन्य व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोली देख्नासाथै उक्त काठ छाडी फरार भएका थिए । 
    पक्राउ परेका निज देवानलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ । 
 

2077-01-17
APF News
लागूऔषधसहित पक्राउ
काठमाडौं, सिरहा जिल्लाको वरियारपट्टी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट बैशाख १३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको लक्ष्मीपुर पतारी गाँउपालिका ५ बस्ने १८ वर्षिय साबिर अन्सारीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज अन्सारीलाई डाईजोल्याब १५ बोतल, प्रमोथिन १५ बोतल, नुफिन ९ बोतल र १५ वटा नाईट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका निज अन्सारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वाबाट बैशाख १३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही महानगरपालिका २ बस्ने २१ बर्षिय सेख सफौज महमदलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज महमदलाई कोरेक्स १२ बोतल, सिम्लेक्स १६ वटा र नाईट्रोभेट ट्याब्लेट १५ वटासहित पक्राउ गरेको हो । पक्राउ परेका निज महमदलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
2077-01-14
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौं,
    ईलाम जिल्लाको माई नगरपालिका ३ स्थित रबरडाँडाबाट बैशाख १० गते एपीएफ टोलीले ०.८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको माई नगरपालिका ४ कालीखोला बस्ने १९ बर्षिय बिराज लिम्बु र झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ बस्ने २९ बर्षिय सन्जिब राई छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दानाबारीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    बा ५ प ९६३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । 
    एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट मोबाईल सेट दुई वटा र नौ सय रुपैयाँ समेत बरामद गरेको छ । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । 
    यसैगरी सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट बैशाख १० गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको लहान नगरपालिका २० बस्ने २२ बर्षिय मोहमद मोहोदिन मियाँलाई पक्राउ गरेको छ । 
    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले निज मियाँलाई डाईजिल्याब १६ बोतल, प्रोमेजिन १६ बोतल र १५ वटा सेतो बोतलमा पानी जस्तो देखिने लागूऔषधसहित पक्राउ गरेको हो । 
    एपीएफ टोलीले पक्राउ परेका निज मियाँलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।  
 

2077-01-11