काठमाडौं,
रौतहट जिल्लाको गौर नगरपालिका ४ लालबकैयास्थित बाँधबाट असार ७ गते एपीएफ
टोलीले करीब एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
        बरामद लत्ताकपडा एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको
एपीएफ टोलीले असार ७ गते करीब एक लाख २८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोबाईल सेट र सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।
        अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान रुपन्देही
जिल्लाको रोहिणी गाँउपालिका १ सिमलपानीबाट बरामद गरिएको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

APF