काठमाडौं,
        सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल
नम्बर ५० गुल्म दार्चुलाको नव निर्मित भवनको असार ३ गते उद्घाटन गर्नुभयो

        सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा भौगोलिक विकटताका बावजुद
त्यस क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षामा पु¥याएको
योगदानको प्रशंसा गर्नुहुँदै कोभिड–१९ महामारी नियन्त्रणमा देशभर सशस्त्र
प्रहरीको परिचालन तथा भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
        उहाँले सो गुल्मलाई गणमा स्तरोन्नती गरिने योजना रहेको चर्चा गर्नुहुँदै
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा लगाएत विपद्
प्रकोप पीडित नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वार कार्यमा दत्तचित्त
भई सकृयताकासाथ कृयाशिल रहन निर्देशन दिनुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक खनालले निरन्तर कार्यक्षेत्रमा चौविसै घण्टा
खटिने सुरक्षाकर्मीहरुको योगदान सराहनिय रहेको उल्लेख गर्नुहँुदै सशस्त्र
प्रहरी बल, नेपाललाई अझै आधुनिक साधनस्रोत सम्पन्न बनाउन आफुहरु सधैं
कृयाशिल रहिरहने बताउनुभयो ।
        उहाँले आगामी दिनहरुमा सीमा नाकाहरुमा थप बोर्डर आउट पोष्टहरु थप्दै
लगिने कार्ययोजना रहेको उल्लेख गर्नुहुँदै क्रमिक रुपमा स्थायी भवन समेत
निर्माण गरिने बताउनुभयो ।
सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक डम्मरबहादुर विष्टले
सो अवसरमा निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
करीव २ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १५ वटा कोठा
रहेकोे सो भवनमा कार्यालय, भण्डार तथा तीन वटा व्यारेक समेत रहेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सोहि जिल्लाको छाङ्गरुमा हालै
स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छाङ्गरुको
निरीक्षण समेत गर्नुभई उच्च मनोवलकासाथ जिम्मेवारी निर्वाहमा कृयाशिल रहन
निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै नेपाली सेनाको दुर्गादल गुल्म
दार्चुला परिषरमा भएको बृक्षारोपण कार्यक्रममा बृक्षारोपण समेत गर्नुभयो

APF