सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–१ स्थित महानन्द पार्कमा पुस २४ गते नं. ४ गण सुनसरी, जिल्ला प्यावसन सुनसरी र नगर प्यावसन ईनरुवाको संयुक्त आयोजनामा "२४ औं सशस्त्र प्रहरी दिवस" को उपलक्षमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नं. ३० गण बाँकेले जिल्लाको नरैनापुर गाउँपालिका–४ घोरदौरीयास्थित राष्ट्रिय आधारभूत विद्यालयका करीब २ सय जना विद्यार्थीहरुलाई पुस २५ गते शैक्षिक सामाग्री वितरण गरेको छ ।
बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका–८ स्थित श्री भगवती आधारभूत विद्यालयका छात्रछात्राहरुलाई पुस १९ गते नं. ४२ रिजर्भ गण बाँकेले शैक्षिक सामाग्री वितरण गरेको छ ।
सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–३ स्थित सीमा ईलाकाबाट पुस १९ गते प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंजले अवैध रुपले भारततर्फ लैजाँदै गरेको करीव ३६ के.जी. गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।
पुष १९ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल पूर्व सशस्त्र प्रहरी संघको १७औं साधारणसभा तथा छैठौं केन्द्रिय अधिवेशनको समुद्घाटन गर्नुभएको छ ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नं. २ हिमशिखर गुल्म पाँचथरले जिल्लाको फालेलुङ्ग गाउँपालिका–५ लुधिनस्थित एक विपद् पीडित नागरिकलाई पुस १८ गते घर हस्तान्तरण गरेको छ ।
पुस १७ गते नं. २ हिमशिखर गुल्म पाँचथरले सीमा वासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ स्थित श्री गढी माध्यमिक विद्यालयका दृष्टिविहिन छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–७ कुम्हाल टोलबाट पुस १७ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र भन्सार कार्यालय वीरगंजको संयुक्त टोलीले करीव ८ लाख २८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट पुस १५ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बहुदरमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षिय पुरुषलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ ।
सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ मेहता टोलबाट पुस १५ गते बिओपी लौकहीले ब्राउनसुगरसहित एकजनालाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–११ भुजेला ईलाकाबाट पुस १६ गते नं. ३५ शैलेश्वरी गणले करीव २५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।
पुस १५ गते नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यमा नं. २८ गण कपिलवस्तुको १८औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
सप्तरी जिल्लाको तिलाठी गाउँपालिका–१ बेल्हीस्थित सीमा ईलाकामा बसोवास गर्ने विपन्न र असहाय घरपरिवारलाई पुस १५ गते नं. ६ गण सप्तरीले सय थान ब्ल्याङ्केट वितरण गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा पुस १६ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १ प्राविधिक सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ ।
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकी सीमा ईलाकाबाट पुस १३ गते प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले ५ लाख भारतीय रुपैयाँसहित सोही नगपारलिका–६ ऐठपुर बस्ने २८ बर्षिय पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालयमा आयोजित ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ र ‘नवनिर्मित बक्सिङ्ग रिङ्ग’को पुस १३ गते समुद्घान गर्नुभएको छ ।