Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ बेलबिछुवास्थित सोफी चोकबाट फागुन ६ गते एपीएफ टोलीले करीब २ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्लाष्टिकको कुर्सी र टेण्टको पाल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त कुर्सी तथा पाल बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरी कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित बसपार्क इलाकाबाट फागुन ५ गते करीव ३ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसको डिक्कीमा राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको स्पोर्टस जुत्ता तथा लेडिज कपडा फेला परेपछि बरामद गरिएको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले झापा जिल्लाको अर्जुनधारा नगरपालिका १० स्थित कालीझोजबाट चोरीपैठारीको मोटर पार्टस तथा किराना सामान बरामद गरेको छ । एपीएफ टोलीले मे १ च ३७७२ नम्बरको कारलाई शंका लागि जाँच गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि उक्त सामानसहित कार समेत बरामद गरिएको छ । त्यसवेला सामान ल्याउने व्यक्ति कार छाडी भागी फरार भएका थिए । बरामद सामान तथा कारको भन्सार दाखिला मुल्य ७ लाख १६ हजार ५ सय ३० रुपैयाँ रहेको छ ।
2075-11-6
APF News
एपीएफ टोलीद्वारा अवैध रुपैयाँसहित दुई जना पक्राउ
रुपन्देही, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन ५ गते नेपाली रुपैयाँ ४१ लाख ८५ हजार तथा २ लाख ८७ हजार एक सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको रुपाकोट बस्ने ४५ वर्षिय चन्द्रकान्त पौडेल र भारतमा घर बताउने ३३ वर्षिय सोमै धवल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ टी ३०७१ नम्बरको भारतीय टोयोटा कारमा जाँच गर्दा उक्त कारमा सवार निज पौडेलले झोलामा राखेर ल्याउँदै गरेको अवस्थमा उल्लेखित रुपैयाँ फेला परेको थियो । उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्ये निज धावल उक्त गाडीका चालक हुन् । त्यसवेला एपीएफ टोलीले सो कार समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।
2075-11-6
APF News
एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ

पर्सा,
    करीव ९ के.जी. चरेशसहित पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट एपीएफ टोलीले  फागुन ३ गते दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा भारतको घडियाना घर बताउने ३२ वर्षिया निशा साह र सोही ठाउँ बस्ने ३० वर्षिया सोनाली साह तेली छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले उक्त चरेशसहित पक्राउ गरेको हो ।
    गस्तीमा खटिएको एपीएफ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले शरिरको बिभिन्न भागमा बेरेर लुकाई छिपाई लैजादै गरेको अवस्थामा उल्लेखित परिमाणको चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-11-3
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको इलोक्ट्रोनिक सामान बरामद

सुनसरी,
    सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्वपश्चिम लोकमार्गको तिनकुनेबाट फागुन २ गते एपीएफ टोलीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलोक्ट्रानिक सामान बरामद गरेको छ ।
    विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा उल्लेखित मुल्य बराबरको सीसी क्यामरा, भिडियो रेकर्डर तथा मनिटर लगायतका सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
    एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 

2075-11-2
APF News
लागूऔषधसहित पक्राउ

झापा,
    झापा जिल्लाको केचनाकवल गाउँपालिका ४ बाट फागुन १ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    सोही जिल्लाको केचनाकवल गाउँपालिका ६ बस्ने ३० वर्षिय प्रकाश झालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
    मे ९ प ६१७७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपलतर्फ आउँदै गरेका निज झाले उक्त मोटरसाइकलको सिटकभर मुनि लुकाई छिपाई राखेको अवस्थामा कोडियन फोस्फेट ४ बोतल, नाईट्रोभेट १४ वटा र निट्राजेपाम ४२ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
    पक्राउ परेका निज झालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बु्झाएइको छ ।

2075-11-2
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट गणपति तालिम उद्घाटन

काठमाडौं,
    राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. ३ गणपति तालिम संचालन भएको छ ।
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले माघ २४ गते एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रत्यक्ष रुपमा फिल्डमा नेतृत्व वहन गर्ने अधिकृतहरुलाई लक्षित गरी उनीहरुको व्यावसायिक दक्षता एवं कार्यक्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको उल्लेख गर्नुभयो ।
    उहाँले यस किसिमको तालिमले कार्यक्षेत्रमा आईपर्ने चुनौतीहरुलाई परास्त गरी दायित्व निर्वाहमा सफलता प्राप्त गर्न सहज हुने बताउनुभयो । 
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले कुनै पनि फौजी संगठनमा प्राप्त जिम्मेवारीहरु उत्कृष्ट तवरबाट सम्पादन गर्नका लागि व्यावसायीक तालिम एउटा महत्वपूर्ण कडीको रुपमा रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
    सो कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक ई. प्रजाभक्त श्रेष्ठले तालिम सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुहुँदै उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै तालिमलाई समयसापेक्ष, स्तरीय र प्रभावकारी रुपले संचालन गरिने बताउनुभयो । 
    कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटी, कमाण्ड एण्ड म्यानेजमेन्ट, क्राइम कन्ट्रोल, इन्टेलिजेन्स, अपरेशन अफ वार, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियम तथा सशस्त्र प्रहरी बल, नेपालको कामकारवाही लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने कुरा जानकारी गराइएको थियो ।
    करीब दुई महिना अवधिको उक्त तालिममा ३५ जना सशसत्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।

2075-10-24
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सिरहा,
    सिरहा जिल्लाको सिरहा नगरपालिका १७ पर्टेवाबाट माघ २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषसहित एक जनलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकनन्दनी गाँउपालिका २ वस्ने २० वर्षिय बब्लु यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको   हो । 
    एपीएफ टोलीले त्यसवेला उनको साथबाट नोफिन २ सय वटा, फेनारगन १ सय ९९ वटा र डाईजोल्याब १ सय ९९ वटा तथा नेपाली रुपैया ६ हजार ३ सय ७०, भारतीय रुपैयाँ ५ सय ६०, अमेरिकी डलर १, साउदी रियल ४७ र निजले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ । 
    भारतबाट नेपालतर्फ स. ९ प ५४३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका निज यादवलाई जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । 
पक्राउ परेका यादवलाई बरामद लागूऔषध तथा उक्त सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।  

2075-10-23
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

पर्सा,

पर्सा जिल्लाको बिरजञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट माघ २२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका २२ बस्ने २२ वर्षिय सुजन देउलालाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज देउलालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नुफिन १५ वटा, फेनारगन १५ वटा, र डाईजोल्याव १५ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । 

पक्राउ परेका देउलालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

2075-10-22
APF News
एपीएफ टोलीद्वारा पेस्तोलसहित पक्राउ

सर्लाही,

सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ बाट एपीएफ टोलीले माघ २२ गते मेडईन यूएसए लेखिएको एक थान पेस्तोल र सोको एक थान म्याग्जीनसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सितामणी दोस्तिया १३ घर बताउने सुनिलकुमार मण्डल छन् । 

सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय धनुषा नम्बर २ बाहिनी र बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई विशेष सूचनाको आधारमा उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेका निज मण्डललाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-10-22
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

काठमाडौं,
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बाईपासबाट माघ २० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ४ बस्ने ४० वर्षिय नसरुधिन मियाँ, तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका ४ बस्ने २३ वर्षिय रहिमबक्स मियाँ, ३४ वर्षिय अहमद अली, सोही जिल्लाको सतिसोरा गाउँपालिका ४ बस्ने २५ वर्षिया आईसा मियाँ र कास्की जिल्लाको पोखरा महानगरपालिका १० बस्ने २७ वर्षिय यजाज मियाँ  छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।    
    बा. १८ च ११८९ नम्बरको मारुती भ्यानमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम ४० सिसि, फेनारागन ४० सिसि, नोफिन ४० सिसि, नाईट्राजाम ट्याब्लेट एक सय ४८ वटा, स्पास्मा पेभोन प्लस ट्याब्लेट १३ तथा गाँजा जस्तो देखिने बस्तु ५ ग्राम फेला परेपछि उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । 
    त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट नगद ५८ हजार ४ सय ८० रुपैयाँ तथा ८ थान मोवाइल सेट समेत बरामद गरेको छ । 
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।    
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले माघ २१  गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    बारा जिल्लाको कलैयाँ उपमहानगरपालिका ६ बस्ने २४ वर्षिय दिपेन्द्र कुमार दुवेदीलाई एपीएफ टोलीले पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट पक्राउ गरेको हो ।
    भारतबाट नेपालतर्फ आउँदै गरेका निज दुवेदीलाई शंका लागि जाँच गर्दा एपीएफ टोलीले उनको साथबाट नोफोन ४ वटा, डाईजोल्याव ४ वटा, फेनारागन ४ वटा र गाँजा ३ पुरिया तथा नगद १६ हजार ७० रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरेको हो ।     
    पक्राउ परेका दुवेदीलाई बरामद लागूऔषध तथा नगदसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-10-21