Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, रुपन्देही जिल्लाको रोहेणी गाउँपालिका २ स्थित मैनीहवाबाट पौष २२ गते एपीएफ टोलीले करीव ९ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोलीले पौष २३ गते करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको बैदी नगरपालिका ७ स्थित बडाबंकुलबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाएको छ ।
2076-09-23
APF News
सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा
काठमाडौं, सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पौष ११ गते आयोजित एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले बीमा गरेको हो । सशस्त्र प्रहरी बलका गोताखोरहरुको बीमा गर्ने कार्य वि.सं. २०७४ सालदेखि सुरु गरिएको हो । सो बीमा प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको रहेको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापालाई सो इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण रुपमा रहेको विपद् व्यवस्थापनको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आईरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले जस्तोसुकै विपद् र अप्ठेरो परिस्थितीहरुमा समेत विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आईरहेको बताउनुभयो । चुनौतीपूर्ण कार्यमा खटिईने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनले विभिन्न कल्याणकारी प्याकेजहरुद्वारा सुविधा प्रदान गरिरहेको तथा थप सुविधा प्रदान गर्ने तर्फ संगठन योजनाबद्ध रुपमा लागि रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले यसैवर्षदेखि संगठनले नेपालमै गोताखोर तालिम समेत संचालन गरि थप १९ जना व्यवसायिक गोताखोर उत्पादन गरेर कार्यक्षेत्रमा परिचालन गरिसकेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सो इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त कर्मचारीहरुले पु¥याएको योगदानबाट प्रभावित भई गरेको सो बीमा पोलीसीको प्रशंसा समेत गर्नुभयो । उक्त इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको बीमा गर्न पाउँदा गर्व महशुस भएको चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी बल नेपालले नागरिकको सेवा र सुरक्षामा प्रदर्शन गरेको व्यवासयिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाको ४६औं वार्षिकोत्सवको अवसरमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा पोलीसी प्रदान गरिएको उल्लेख गर्नुभयो । सोही समारोहमा प्रमुख कार्यकारी अधिकृत कौशलले सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीलाई एकमुष्ट रुपमा गोताखोर तालिम प्राप्त ३८ जना सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको निःशुल्क बीमा पोलिसीको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु तथा सो बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
2076-09-11
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेची नगरपालिका ६ स्थित बसपार्क ईलाकाबाट पौष १० गते एपीएफ टोलीले करीव दुई लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, लत्ताकपडा तथा औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले पौष ११ गते करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सुर्यायीबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
2076-09-11
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट पौष ८ गते एपीएफ टोलीले दुई लाख ७० हजार भारतीय रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ बस्ने ३० वर्षिय सन्तोषकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको २ सय वटा, दुई सय दरको २ सय वटा र एक सय दरको १ हजार ३ सय वटा भारतीय नोट फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।
2076-09-09
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले पौष ८ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बीरगंज महानगरपालिका १२ बस्ने ३१ वर्षिय सुरज बेलदार छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको निज बेलदारलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट डाईजोपाम १५ वटा, नोफिम १५ वटा र फेनारगन १५ वटा फेलापरे पछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज बेलदारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाएको छ ।
2076-09-08
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ कोशी व्यारेज स्थित सीमा ईलाकाबाट पौष २ गते एपीएफ टोलीले करीव एक लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको एक सय ७० के.जी. प्याज, लत्ताकपडा तथा मेसिनरी सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पौष १ गते करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा स्टेशनरी सामान एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ ।
2076-09-02
APF News
लागूऔषधसहित पक्राउ
रौतहट, रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बाट एपीएफ टोली र नेपाल प्रहरीले पौष १ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको बृन्दावन नगरपालिका ४ हरैया बस्ने धिरज राय यादव छन् । बी आर ३० यू ६७४५ नम्वरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट तीन सय वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको प्रहरी चौकी बंकुलमा बुझाईएको छ
2076-09-02
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका ४ स्थित बसपार्क ईलाकाबाट पौष १ गते एपीएफ टोलीले करीव पाँच लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको ४८० जोर लेडिज उनी सुट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर थारुको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय जमुनाहमा बुझाएको छ । यसैगरि सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्वीटोलबाट पौष १ गते एपीएफ टोलीले करीव एक लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, सुर्ती तथा बिभिन्न औषधीहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पौष १ गते करीव एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवेयरको सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
2076-09-01
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ बाट एपीएफ टोलीले मंसीर ३० गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ४ जुटविकास बस्ने १९ वर्षिय आयुस चौधरी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले निज चौधरीलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १० वटा र स्पास्मो प्राक्सिभन प्लस ट्याब्लेट ३ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । एपीएपफ टोलीले पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।
2076-08-30