झापा,
झापा जिल्लाको दमक नगरपालिका ८ बसपार्क ईलाकाबाट बैशाख २ गते एपीएफ टोलीले करीब पाँच लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा पाथिभरा झापाबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा, मोटरपार्ट्स र किराना सामान बरामद गरेको हो ।
भारतबाट अवैध रुपले भन्सार छली अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त सामानसहित अटो समेत एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि मेचीनगर भन्सार कार्यालयमा बुझाइएको छ ।