Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको थ्रेसर मेसीन बरामद
झापा, झापा जिल्लाको झापा गाउँपालिका ५ खयरबारी स्थित सीमा ईलाकाबाट बैशाख २२ गते एपीएफ टोलीले करीव १४ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको थ्रेसर मेसीनसहितको ट्याक्टर बरामद गरेको छ । भारतबाट अवैध रुपले नम्बर प्लेट नभएको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त थ्रेसर मेसीन सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पन्थपाँडाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त थ्रेसर मेसीन ल्याउँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त ट्याक्टर तथा थ्रेसर मेसीन छाडी फरार भएका थिए ।
2077-01-23
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित दुई जना पक्राउ
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १८ स्थित एकिकृत जाँच चौकीबाट बैशाख २३ गते एपीएफ टोलीले एक करोड नौ लाख उनासी हजार सात सय तीस भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ्ग घर बताउने २५ वर्षिय रविकुमार शर्मा र भारतकै बिहार रौतिनिया घर बताउने १८ वर्षिय चतुर कुमार छन् । डब्लुबी ७३ ई ७६३५ नम्बरको भारतीय ट्रकमा चालकको सिटमुनी कार्टुनमा राखेर लुकाई छिपाई अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित भारतीय रुपैयाँसहित सो ट्रकका चालक तथा सहचालक रहेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले सो ट्रक समेत बरामद गरेको छ ।
2077-01-23
APF News
सालको गोलिया काठसहित पक्राउ

पर्सा,
    पर्सा जिल्लाको बीरगंज महानगरपालिका ३१ स्थित भेडियाही खोलाबाट बैशाख १६ गते एपीएफ टोली र सब डिभिजन वन कार्यालयका कर्मचारीले करीव एक लाख नौ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ४ पर्शुरामपुर बस्ने असलम देवान छन् ।
    दुई वटा साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३१ क्यूफिट सालको गोलिया काठसहित निज देवानलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सबैयाका कर्मचारीले पक्राउ गरिएको हो । 
    त्यसवेला काठ ल्याउदै गरेका अन्य व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोली देख्नासाथै उक्त काठ छाडी फरार भएका थिए । 
    पक्राउ परेका निज देवानलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ । 
 

2077-01-17
APF News
लागूऔषधसहित पक्राउ
काठमाडौं, सिरहा जिल्लाको वरियारपट्टी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट बैशाख १३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको लक्ष्मीपुर पतारी गाँउपालिका ५ बस्ने १८ वर्षिय साबिर अन्सारीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज अन्सारीलाई डाईजोल्याब १५ बोतल, प्रमोथिन १५ बोतल, नुफिन ९ बोतल र १५ वटा नाईट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका निज अन्सारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वाबाट बैशाख १३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही महानगरपालिका २ बस्ने २१ बर्षिय सेख सफौज महमदलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज महमदलाई कोरेक्स १२ बोतल, सिम्लेक्स १६ वटा र नाईट्रोभेट ट्याब्लेट १५ वटासहित पक्राउ गरेको हो । पक्राउ परेका निज महमदलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
2077-01-14
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौं,
    ईलाम जिल्लाको माई नगरपालिका ३ स्थित रबरडाँडाबाट बैशाख १० गते एपीएफ टोलीले ०.८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको माई नगरपालिका ४ कालीखोला बस्ने १९ बर्षिय बिराज लिम्बु र झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ बस्ने २९ बर्षिय सन्जिब राई छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दानाबारीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    बा ५ प ९६३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । 
    एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट मोबाईल सेट दुई वटा र नौ सय रुपैयाँ समेत बरामद गरेको छ । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । 
    यसैगरी सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट बैशाख १० गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको लहान नगरपालिका २० बस्ने २२ बर्षिय मोहमद मोहोदिन मियाँलाई पक्राउ गरेको छ । 
    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले निज मियाँलाई डाईजिल्याब १६ बोतल, प्रोमेजिन १६ बोतल र १५ वटा सेतो बोतलमा पानी जस्तो देखिने लागूऔषधसहित पक्राउ गरेको हो । 
    एपीएफ टोलीले पक्राउ परेका निज मियाँलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।  
 

2077-01-11
APF News
सशस्त्र प्रहरी बल, नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा वृक्षारोपण

काठमाडौं,    
    सशस्त्र प्रहरी बल, नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा आज पशुपतिनाथ मन्दिर ईलाकामा रहेको विश्वरुपा मन्दिर तथा श्लेषमान्तक वन हातामा वृक्षारोपण गरिएको छ । 
    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिरिषको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ भएपछि विभिन्न जातका गरी करीब एक हजार बोट विरुवा सो क्षेत्रमा रोपिएको छ ।  
    कार्यक्रममा सदस्य सचिव डा. ढकालले पर्यावरण तथा प्रकृतिको जगेर्ना गर्ने हेतुले बृक्षारोपण कार्यक्रम एउटा प्रयास स्वरुप थालनी गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरुमा समेत सशस्त्र प्रहरी बल, नेपालसँग सहकार्य गर्दै यस किसिमको कार्यक्रम गरिने बताउनुभयो । 
    उहाँले यस क्षेत्रमा मात्र सिमित नभएर देशका अन्य भागहरुमा समेत बृक्षारोपणको योजना रहेको उल्लेख गर्नुहुँदै सृजना मात्रै नभई संरक्षण र सम्बर्धन गर्न पनि त्यति नै आवश्यक हुने बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो अवसरमा नेपाल सरकारले आर्थिक वर्ष २०७६÷७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने नीति अनुरुप बोट बिरुवा रोपेर वातावरण हराभरा बनाउन सशस्त्र प्रहरी बल, नेपालले आफ्नो तर्फबाट पूर्ण रुपमा प्रयास गर्ने बताउनुभयो । 
    उहाँले बृक्षारोपण कार्यक्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने उल्लेख गर्नुहुँदै पशुपंक्षीहरुको बास स्थानको रुपमा रहेको प्राकृतिक वनजंगलहरु मासिदै गएकोले यसलाई जोगाउने अभिप्रायले बृक्षारोपण कार्यक्रम अझ प्रभावकारी ढंगबाट संचालन गर्नुपर्ने बताउनुभयो । 
    सो कोषका निर्देशक भोलाप्रसाद सिटौलाले स्वागत मन्तव्यको क्रममा सशस्त्र प्रहरी बल, नेपालको विशेष सहभागितामा यस क्षेत्रमा विरुवा रोपेर बातावरणीय संरक्षणमा टेवा पु¥याउने हेतुले सो बृक्षारोपण कार्यक्रम गरिएकोे बताउनुभयो । 

2076-4-5
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं,
    बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १४ स्थित बावुगाउँबाट साउन २३ गते एपीएफ टोलीले करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंजमा बुझाएको छ ।
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले साउन २३ गते करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान बरामद गरेको छ ।
    भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका २ कालागौडी ईलाकाबाट बरामद गरेको हो ।
    बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । 
 

2076-4-24
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

ठमाडौं,
        बर्दियाँ जिल्लाको मधुवन नगरपालिका ३ कोठियाघाटबाट एपीएफ टोलीले साउन २१ गते करीव २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्टस र रासायनिक मल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेक्वा बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        त्यसेवला सामान ल्याउँने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान छाडी भागेका थिए ।
        एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले साउन २० गते वेवारिसे अवस्थामा रहेको करीव २ लाख ५० हजार रुपैयाँ बराबरको फेन्सी सामान बरामद गरेको छ ।
        एपीएफ टोलीले उक्त सामान कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ६ स्थित बनगाउँबाट बरामद गरेको हो ।
        बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

2076-4-21