पश्चिम नवलपरासी,
        पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित रतनगंजबाट साउन ९
गते राति एपीएफ टोलीले करीब १७ लाख रुपैयाँ बराबरको अवैध चौपाया बरामद
गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थमा
उल्लेखित मूल्य बराबरको ८५ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण
पश्चिम नवलपरासी र अस्थायी सुरक्षा बेस कालिनगरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
        बरामद चौपाया स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

APF