राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालिन सि.सं. ४ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको छ ।
साउन १ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सो तालिमको समापन गर्नुकासाथै तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक उज्वल खतिवडालाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गर्ने अधिकृतहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सोही अवसरमा उहाँले सफलतापूर्वक सम्पन्न गर्नुभएका प्रशासनिक व्यवस्थापन तालिमका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै यस तालिममा समावेश गरिएका विषयहरुले प्रशिक्षार्थी अधिकृतहरुको प्रशासनिक क्षमता, नेतृत्व विकास तथा निर्णय क्षमता अभिबृद्धि गर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले संगठनको हित र प्रशासनिक व्यवस्थापनका क्षेत्रमा मध्यम तहका सशस्त्र प्रहरी अधिकृतहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुहुँदै समयसापेक्ष परिमार्जित गरी संचालन गरिएका यस्ता किसिमका तालिममा सिकेका ज्ञान, सिप र कौशललाई कार्यक्षेत्रमा सहि तरिकाले कार्यान्वय गर्नुपर्ने बताउनुभयो ।
उहाँले आजको सूचना तथा प्रविधिमैत्री युगमा प्रशासनिक कार्यलाई डिजिटल प्रणालीसँग आवद्ध गर्दै अभिलेख व्यवस्थापन, पत्रव्यवहार, सूचना प्रवाहलाई थप पारदर्शी र उत्तरदायी बनाउन यस्ता किसिमका तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुँदै फिल्डमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले सहि सूचनाको आधारमा कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले कुनै एक व्यक्ति विशेषका कारण संगठनलाई प्रश्न उठ्न नहुने बताउनुहुँदै कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुलाई आर्थिक पारदर्शीता, अनुशासन, जवाफदेहिता तथा जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न समेत निर्देशन दिनुभयो ।
४८ दिन कार्यअवधिको सो तालिममा ४ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २४ जना निरीक्षकसहित कुल २८ जना सिनियर अधिकृतहरुको सहभागिता रहेको थियो ।