भाद्र १३ गते धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी लोकमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला पारिएको छ । विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको टोलीले फेला पारेको हो भने फेला पारिएको लकर आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।