रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीले भाद्र १२ गते जीवितै उद्धार गरेको छ । भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि बालिका रोइरहेको आवाज सुनेपछि तत्काल उत्खनन् गरी उनीलाई बाहिर निकालेको हो । उद्धार पश्चात उनलाई बोर्डर आउट पोष्ट टिमुरेमा ल्याई न्यानो बनाई राखिएको थियो । प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले थप उपचारको लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।