नवनियुक्त गृहसचिव केदारनाथ शर्मालाई सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हार्दिक बधाई तथा स्वागत गर्नुभएको छ । भाद्र १६ गते गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले हार्दिक स्वागत गर्नुका साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । यसअघि भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले राष्ट्र सेवामा लामो समय समर्पित भई अवकाशमा जान लाग्नुभएका गृहसचिव राजकुमार श्रेष्ठलाई हार्दिक विदाई गर्नुभएको थियो ।