सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा नेपाल एपीएफ अस्पताल बलम्वुको २३औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालमा कार्यरत रहि वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
