चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ बगलामुखी (विशेष कार्यदल) गण हल्चोक स्वयम्भूमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहान ७ बजेर २१ मिनेटको पुजाको संकल्प साइतमा सुरु भएको निशान तथा मौलो पुजामा सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो ।

APF