चैत १५ गते नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म जटहिबाट खटिएको सुरक्षा फौजले धनुषा जिल्लाको नगराईन नगरपालिका–५ स्थित गंगोलिबाट करीब ७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा र ज १ च १३०० नम्बरको टाटा सुमो गाडी नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
