झापा जिल्लाको भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट फागुन १६ गते साँझ बोर्डर आउट पोस्ट महेशपुरले ३ सय १ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित तनहुँ जिल्लाको भानु नगरपालिका–१२ कवाजित बस्ने २४ बर्षिय र सुनसरी जिल्लाको रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ बर्षिय दुई युवकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
