ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–८ लुभुस्थित बसपार्कमा बर्षाको कारण पिपलको रुख ढलेर घरको छतमा परेको र अवरुद्ध भएको बाटो, सोही जिल्लाको गोदावरी नगरपालिका–१० चारघरेस्थित चापागाउँ सडकखण्डमा बर्षाको कारण अवरुद्ध भएको सडक सुचारु गराउनुका साथै धापाखेलमा गएरातिदेखि परेको बर्षाको कारण माटोको ढिस्को भत्किई जोखिममा रहेको बस्ती नेपाली सेना र नंं २१ दक्षिणकाली गणको सुरक्षा फौजले संयुक्त रुपमा उद्धार कार्य गरेको छ ।