साउन १६ गते नं. २२ गुहेश्वरी गण दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गस्थित बन गाउँ र वडा नं. ४ चापाखलमा पहिरो गई जोखिममा रहेका घरहरु नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ ।
त्यसैगरी सुर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक स्थानीय व्यक्तिको घर नजिकै पहिरो गई जोखिममा रहेको भन्ने जानकारी प्राप्त भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो पन्छाउने कार्यमा जुटेको थियो ।