भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा लगातार वर्षाको कारण मनोहरा खोलामा पानीको बहाव बढि कटान गरेको जमिनमा नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुरबाट खटिएको सुरक्षा फौजले बोरा र तारजालीको प्रयोग गरी तटबन्धन निर्माण गरेको छ ।
यसैगरी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित ढिम्की मन्दिर ईलाकामा वर्षाको कारण बरुवा खोलाले कटान गरेको जमिनमा नेपाली सेना, नं. ५ गण उदयपुर, नेपाल प्रहरी र स्थानीय वासिन्दासहितको संयुक्त टोलीले २७ वटा तारजाली प्रयोग गरी झण्डै ५५ मिटर बाँध निर्माण गरेका हुन् ।

APF