काठमाडौंको नागार्जुन नगरपालिका–३ पाँचधारास्थित इनारमा खसेकी महिलाको असार १६ गते बेलुका ७ः१० बजे सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने ३३ वर्षिया मिरा के.सी. घाँस काट्ने क्रममा उक्त इनारमा खसेको बताईएको छ ।
सो घटनाबारे जानकारी पाए लगत्तै नं. १९ बगलामुखी विशेष कार्यदल गण काठमाडौंबाट खटिएको सुरक्षा फौजले उनको सकुशल उद्वार गरेको हो ।