जेठ ३२ गते शुक्रबार बिहान चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिक नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको  भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशातर्फ जाँदै गरेको बा.प्र.०१–०२९ च ३७२० नम्बरको कार ठोक्किएर भएको दुर्घटनामा बसमा सवार १५ र कारमा सवार ५ जना घाइते भएका छन् ।
दुर्घटना लगत्तै बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट मेडिकल टिम र मास क्याजुअल्टी भेईकल सहित ३५ जनाको सुरक्षा फौज परिचालन गरी उद्वार गरिएको थियो । घाइते मध्ये ११ जनालाई उपचारार्थ भरतपुर अस्पतालतर्फ पठाइएको छ ।

APF