कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडितलाई जेठ ३ गते राहत वितरण गरिएको छ । नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको Disaster Relief System (DRS) मा रहेका विभिन्न राहतका सामान नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गर्नुभएको होे । गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिण्डर लिक भई अचानक आगलागी भएको थियो ।

APF