सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गर्नुभएको हो।

APF