नं.४० रिजर्भ गण बारा र जितपुर सिमरानगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा बैशाख २१ गते दुई दिवसीय औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी लगायत विभिन्न उद्योग बाणिज्य संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

APF