सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत दशौं डफ्फालाई बदली गर्न जान लागेको टोलीलाई बैशाख २१ गते प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभयो ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रविनराज कर्णजितको कमाण्डमा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख २३ गते राती त्यसतर्फ प्रस्थान गर्नेछन् ।